काठमाडौं। भाद्र २३ र २४ गतेको बिद्रोहले सुरक्षाकर्मीको मनोबल गिरेको मात्रै होइन तल्लो तहका सुरक्षाकर्मीहरु सेवामा फर्कने कि छोडेर बस्ने जस्तो संवेदनशिल अवस्थामा गृह प्रशासनको कमान्ड समाल्ने जिम्मेवारी कम्ता चुनौतीपूर्ण थिएन। त्यस्तो अवस्थामा रक्षा मन्त्रालयमा कार्यरत सचिब रामेश्वर दङ्गालको बिगतको कार्यसम्पादन क्षमता बुझेर हुनुपर्छ ,मन्त्री ओमप्रकास अर्यालले सचिबका रुपमा भित्र्याए संगै संयोगबस जिम्मेवारी पाएका उनै सचिब दङ्गालको गृह प्रवेश संगै सुधारिएको अनुभुती नागरिकको तहमा हुन थालेको छ।
बस्ने भवनको अभाव चारैतिर भत्किएका र डढेका दृश्य हेर्दै जिम्मेवारी समालेका उनी सामु भएका परिचालन गर्नुपर्ने कर्मचारी पुरानै आचरणमा जगडिएका सोचाइका बीचमा पनि सचिबको निष्टाको जग अथक प्रयासले गृह प्रशासन पछिल्ला दिनमा एउटा लयमा अगाडि बढेको अनुभुति जनमानसमा हुनुलाई एउटा सुखद पक्षको रूपमा लिन सकिन्छ।
गृहमन्त्री अर्यालको केही गरौ भन्ने हुटहुटी लाई प्रशासन बुझेको सचिब भित्र्याउदाको परिणामले संकेत राम्रो देखिदै गएको हो गृहको गतिविधि बुझ्नेहरु बीच चर्चा हुने गरेको सुनिन्छ।
देशभरका प्रजिअ अलमलमा रहेका बखत ठुलो संख्यामा प्रजिअ फेरिएका छन्।
बिगतमा जस्तो यसपटक मन्त्री सचिब रिझाउने र महाशाखा देखि प्रजिअको पद हत्याउनेहरुको कुनैजोड चलेन। बदलिँदो परिस्थितिमा जनभावना बुझेर काम गर्न सक्ने काबिल पृष्ठभुमि बनाएकाले नै जिम्मेवारी पाएको देखिएको छ।
तराई क्षेत्रमा जिम्मेवारी पाउने कतिपय प्रजिअका हकमा कतिपय अझै सुधार्नु पर्ने त देखिन्छ तर त्यस्तै केही सहायक प्रजिअहरु अझै पुरानै सेटिङ अनुसार चल्दै आएको समाचार समेत सम्पत्ति न्युजलाइ प्राप्त भएको छ। पछिल्ला दिनमा नागरिकको तहमा आतंकित बनाउनेलाइ नियन्त्रणमा मात्रै लिएको छैन बिगतमा राज्यकोषबाट हानि नोक्सानी पुर्याउनेलाइ सिआइबी सकृय बनाएर कानुनी राजको महशुस गराएको पनि देखिन्छ। यस्ता जनपक्षीयकामले नागरिकको तहमा सरकारले गर्न खोजेको छ, सबैले आआफ्नो स्थानबाट सकेको सहयोग गर्नुपर्ने पनि हुन्छ भन्ने सन्देश दिन सफल भएको देखिन्छ । दैनिकी अत्याधिक मात्रामा वैदेशिक रोजगारीमा जाने अनि फर्कने नागरिकले एयरपोर्ट अध्यागमन कार्यालय बाट हुने काममा ब्यहोर्नुपर्ने हैरानी लाई दृष्टिगत गर्दै गृह नेतृत्वतह कै निर्देशनमा त्यहाँबाट प्रवाह हुने सेवामा बिगत भन्दा फरक ढङ्गबाट नागरिकले सेवा प्राप्त गरिरहेको सन्दर्भलाई पनि सुधारको रुपमा लिन सकिन्छ।
यद्यपि अध्यागमन बिभागका महानिर्देशक रामचन्द्र तिवारीको सक्रियता समेत यतिबेला लोभलाग्दो बन्दै गएको देखिन्छ । त्यस्तै राष्ट्रिय परिचयपत्र देखि सुरक्षाको दृस्ठिकोणले पनि सर्वसाधारण बीचमा सरकार छ भन्ने अनुभुती समेत बढेको प्रसङ्गले सिङ्गो सरकारले नै जस पाएको देखिन्छ। यसैबीच मन्त्रालयले भर्खरै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई नियुक्त गरे सगै गृह थप लयमा अगाडि बढेको बताइन्छ। चौतर्फी चुनैती बीच उभिएको गृह प्रशासनमा देखिदै आएको सुधारको मुख्यतः सूत्रबद्ध कामहरू हेर्दै जाने हो भने अनुभवी ब्याक्तित्व र नैतिक आचरण नै प्रमुख कारण बन्न पुगेको गृह प्रशासन नियाल्ने जो कोहीले पनि सजिलै बुझ्न सकिन्छ।