दुर्गा प्रसाईंलाई हिरासतमा राख्न अनुमति

Nepal Cover
३ मंसिर २०८२, मंगलवार
image

काठमाडौं । दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न काठमाडौं प्रशासनले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

म्याद थपका लागि प्रसाईंलाई मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय हुँदै प्रशासन कार्यालय लगिएको थियो । त्यस क्रममा प्रसाईंले आफूलाई कुन मुद्दामा पक्राउ गरिएको भन्ने जानकारी नभएको बताएका थिए ।

प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले प्रशासनको कार्यालय अगाडि नाराबाजी गरेका थिए । ‘राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थनापनाका लागि आन्दोलन’ घोषणा गरेका प्रसाईंलाई भड्काउपूर्ण अभिव्यक्ति दिएर सार्वजनिक शान्ति भंग गरेको आरोपमा प्रहरीले गए राति पक्राउ गरेको थियो ।