राष्ट्रिय सभाको सचिवमा कँडेल नियुक्त

Nepal Cover
३ मंसिर २०८२, मंगलवार
image

राष्ट्रिय सभाको सचिवमा तुलाबहादुर कँडेल नियुक्त भएका  छन् ।

अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कँडेललाई राष्ट्रिय सभाको सचिव पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कँडेललाई आजै शपथ गराउने कार्यक्रम छ। अधिवक्ता कँडेल राष्ट्रिय सभाको सचिवमा पाँच वर्षका लागि नियुक्त भएका हुन् । राष्ट्रिय सभा सचिवबाट सुरेन्द्र अर्यालले राजीनामा दिएपछि रिक्त पदमा कँडेललाई नियुक्त गरिएको हो । उनको शपथ मंगलबार नै हुने राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जानकारी दिएको छ ।