रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

Nepal Cover
४ मंसिर २०८२, बुधबार
image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । प्रवक्ता मनिष झाका अनुसार आज दिउसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय,बनस्थलीमा बस्ने बैठकमा समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहल, सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारी समेत, केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा, विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गर्ने कार्यसूची रहेको छ ।

यस्ता छन् बैठकका एजेण्डाः
१. समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहल (सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारीसमेत)।
२. केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा।
३. विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित।
४. वाचापत्र कार्यदल विस्तार।
५. संविधान परिमार्जन कार्यदल संयोजक सम्बन्धमा (संयोजक मनोनयन गरी तत्काल काम सुरु गर्न निर्देशन दिने)।
६. मिडिया अध्ययन कार्यदल (अहिलेदेखि निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने, आवश्यकताअनुसार घटना ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने)।
७. राजनीति अध्ययन कार्यदल (राजनीतिक दल, समूह, शक्तिहरूको गतिविधि नियमित अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा ब्रिफिङ गर्ने, आवश्यकताअनुसार घटनाको ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने)।
८. उम्मेदवार छनोट सिफारिस समिति विस्तार।
९. रुपन्देही–३ को उम्मेदवार सम्बन्धमा।
१०. विविध

त्यस्तै बैठकमा वाचापत्र कार्यदल विस्तार, संविधान परिमार्जन कार्यदल संयोजक सम्बन्धमा, मिडिया अध्ययन कार्यदल, अहिलेदेखि निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने, आवश्यकता अनुसार घटना ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने, राजनीति अध्ययन कार्यदल । र उम्मेदवार छनौट सिफारिस समिति विस्तार गर्ने जस्ता एजेण्डामा छलफल हुने प्रवक्ता झाले जानकारी दिए ।