काठमाडौं । बाराको सिमरा विमानस्थल आसपास क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ । एमाले नेता शंकर पोखरेल र महेश बस्नेत बारा जाने सूचनापछि जेनजी युवाहरूले सिमरा विमानस्थल क्षेत्रमा प्रदर्शन गरेका थिए ।
प्रशासनले सुरक्षाको जोखिम बढेको भन्दै विमानस्थल क्षेत्र वरपर बेलुका ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।
हाल प्रदर्शनकारी र एमाले कार्यकर्ताबीच घर्षण र झडप भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालयबाट जारी सीडीओ धर्मेन्द्र कुमार मिश्रको आदेशअनुसार सरकारी तथा निजी सम्पत्तिमा क्षति हुन नदिन, पदाधिकारी तथा सार्वजनिक कार्यालयहरूको सुरक्षा सुनिश्चित गर्न गण्डक नहरदेखि पथलैया सडकको दायाँ–बायाँ ५०० मिटर क्षेत्र र सिमरा विमानस्थल वरपर ५०० मिटर क्षेत्रमा कर्फ्यू लागू गरिएको उल्लेख छ।
