काठमाण्डौँ । नेकपा एमालेका नेता महेश बस्नेतको विरोधमा रहेको एक समूहले सुनसरीको दुहबीमा टायर बालेर प्रदर्शन गरेको छ।
महेश बस्नेत र एमाले नेता भानुभक्त ढकाल सवार भएको गाडी क्रस भइसकेपछि दुबहीमा स्थानीय युवाहरुले टायर बालेर प्रदर्शन गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्का अनुसार सडकमा बालिएको आगो प्रहरीले क्लियर गरिसकेको छ ।
विराटनगर विमानस्थल हुँदै सुनसरीको इटहरी जाने क्रममा विमानस्थल अगाडि दुई जनाको समूहले बस्नेत सवार गाडीमाथि रातो मसी प्रहार गरेको थियो ।
मसी प्रहार गर्ने विराटनगर १ का सन्जोग गौतम र विराटनगर २ का अर्पित कुँवरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।