बुटवल खानेपानी सस्थानका प्रमुख सहित १३ जना विरुद्ध अख्तियार आयोगमा मुद्दा दायर

  Sampatti News

October 8, 2020

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रुपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

रुपन्देहीका विभिन्न खानेपानी आयोजनाको ठेक्का दिँदा गैरकानूनी लाभ लिई सरकारी स्रोतको दुरुपयोग गरेको पाइएकाले उनीविरुद्ध मुद्दा परेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए । आयोगले शाह विरुद्ध विभिन्न चार वटा मुद्दा दायर गरेको छ । आयोगले साह विरुद्ध कूल रु २२ लाख बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको छ ।

आयोगले अनिता निर्माण सेवाका सञ्चालक शान्ती राना, सन्तोष साहका बाबु नारायण साह सुडीलगायत विभिन्न निर्माण व्यवसायी कम्पनी र व्यवसायीले गलत कामलाई प्रश्रय दिई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको छ ।

प्रकाशित मिति:October 8, 2020