प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले गर्‍यो दल दर्ता

Nepal Cover
१० मंसिर २०८२, मंगलवार
image

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि निवेदन दिएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले आयोग पुगेर दल दर्ताको निवेदन दिएको हो ।

एमाले निर्वाचन विभागका प्रमुख निरज आचार्यले आयोग पुगेर दल दर्ताको निवेदन दिएको जानकारी दिए । उनका अनुसार एमाले ६६ नम्बरमा दर्ता भएको छ ।

 निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि भोलि (बुधबारसम्म) दल दर्ता गर्ने समय दिएको छ ।