काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालयका प्रमुख र दुई तत्कालीन प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आपगाँईसहित इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन नायब सुब्बा रविन कुमार राजवंशी, तत्कालीन कम्प्युटर अपरेटर आकाश मगर र कार्यालय सहयोगी जीवन कुमार दाहाललाई पनि प्रतिवादी कायम गरिएको छ ।
मंगलबार विशेष अदालतमा आयोगले दायर गरेको उक्त मुद्दामा जिल्ला प्रशासन कार्यालय, झापाका तत्कालीन प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेल र केशव प्रसाद रिजाल, राहदानीवाहक विनोद कुँवर, सिमान्त विश्वकर्मा, गोविन्द प्रसाद ढुंगेल र बलराम महतोलाई पनि प्रतिवादी बनाइएको छ ।
वास्तविक जन्म मिति भन्दा उमेर हेरफेर गरी, उमेर घटाई सरकारी कागजात सच्याई व्यक्तिको राहदानी जारी गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । उनीहरूमाथि सरकारी कागजात सच्याउने कार्य गरी भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ ।