राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

Nepal Cover
१२ मंसिर २०८२, बिहीबार
image

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार बैठक आज दिउॅसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने गरि बोलाइएको छ । 

बैठकले समसामयिक परिस्थितिको विश्लेषण गर्दै पार्टीको रणनीति तय गर्ने राप्रपाले जनाएको छ ।

बैठकमा केन्द्रीय समिति बैठकका एजेन्डा तय, पार्टीभित्र आन्तरिक एकता कायम गर्दै सबै तहको अधिवेशन सम्पन्न गर्ने, एजेन्डा केन्द्रित कार्यक्रम अघि बढाउने, चुनाव हुने अवस्था आएका चुनावी तयारी कसरी गर्नेलगायत विषयमा छलफल हुने बताइएको छ ।