काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा १०.४३ अंक बढ्दै नेप्से परिसूचक २६७६ मा पुगेको छ ।
यो साताको सबै कारोबार दिन बजार बढेको छ । गत साता २५६० अंकमा रहेको नेप्से एक सातामा ११६ अंक बढ्यो । आज कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ६ अर्ब ६९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६६ करोडको भयो ।
१३१ कम्पनीको मूल्य बढ्दा १२१ को घट्यो भने ६ को स्थिर रह्यो । आज बैंकिङ समूह सबैभन्दा धेरै १.४७ प्रतिशत बढेको छ ।
यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। कारोबारमा आएको हिमस्टार उर्जा र फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ७.७८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४० करोड १७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब १६ करोड रुपैयाँको शेयर कारोबार भएको छ।