चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

Nepal Cover
१२ मंसिर २०८२, बिहीबार
image

काठमाडौं । निर्वाचनको सुरक्षार्थ राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृति दिएका छन् । आगामी २१ फागुनका लागि हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।