सिन्धुपाल्चोक। समाजमा जन्मदिन मनाउदा भड्किलो र खर्चिलो बन्दै गएको हुँदा यसलाई न्यूनीकरण गर्दै समाजमा सत्कर्म प्रती प्रेरित गराउने उदेश्यले रौतहटबाट पहिलोपटक सुरुवात जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गतको बृक्ष रोपण कार्यक्रम सिन्धुपाल्चोकमा पनि विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले सो अभियानलाई एक्यवद्धता जनाउँदै आफनो गृह जिल्ला सिन्धुपाल्चोकको थानमारे डाडामा एक बृक्ष रोपेर जन्मदिन मनाउनु भएको छ। रौतहटबाट अभियानको रुपमा सुरुवात यो अभियानबाट पहिलो जन्मोत्सव पार्क रौतहटमा निर्माणाधीन अवस्था पुगेको छ भने दोस्रो जन्मोत्सव पार्क काभ्रेको धुलिखेल नपाको १० नम्बर वडामा समेत निर्माणाधीन कै क्रममा रहेको छ।
त्यस्तै सिन्धुपाल्चोकको थानमारे डाडामा उत्सव नेपालले पहिलो वर्षको जन्मदिनमा बृक्ष रोपेर तेस्रो जन्मोत्सव पार्क बनाउने भनिएपनी सुरुवात हुन सकेको थिएन ।
मंसिर ११ गते आयोगका अध्यक्ष धितालले आफनो आज परेको जन्मदिनमा केही बेन्चहरु समेत प्रदान गरेर सतकर्ममा जोडिदै स्थानीय ९२ वर्षीय देबकी सिग्देल गुरुआमाको हातबाट आशिर्वाद लिदै बृक्ष रोपेर जन्मोत्सव पार्कको बिधिवत सुरुवात गरेका थिए।
अभियान कै रूपमा नेपालको तेस्रो जन्मोत्सव पार्कको बिधिवत सुरुवात गर्दै धितालले भन्नुभयो,आफनो जन्मदिन आफू जन्मेको माटो सग साक्षतकार गर्दै स्थानीय प्यारा दाजुभाइ दिदिबहिनी आमाबाबुको साथमा प्रकृति सग जोडिएर मनाउदाको बेग्लै अनुभुती भएको छ।
अब बाट मेरो जन्मदिन यसै सुरुवात जन्मोत्सव पार्क मै मनाउने प्रतिबद्धता समेत व्यक्त गर्दै जिल्लाभरका सबैलाई यस्ता कर्ममा जोडिन आग्रह समेत गर्नुभएको थियो ।
मानिस ठूलो कर्मले हुन्छ पदले होइन भन्दै सबैलाई धन्यवाद समेत दिनुभएको थियो।आफनो गृह जिल्लामा विभिन्न सामाजिक कार्यमा जोडिदै आउनुभएका धितालका पिताले सिन्धुपाल्चोक जिल्लाभर शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउभएको पृष्ठभुमिमा टेकेर अध्यक्ष धितालले समेत पिताको पथ पछ्याउँदै गएको देखिन्छ। अध्यक्ष धितालले जन्मदिन मनाउन जिल्लामा पुगेको खबर सगै धेरैले खुशी समेत व्यक्त गरेका छ्न्।
कार्यक्रममा अभियानका संयोजक एवं वरिष्ठ पत्रकार गोबिन्दप्रसाद चौलागाईं सागागढि नपा १४ का वडा अध्यक्ष उद्धब नेपाल लोकप्रिय दैनिकका प्रकाशक नेत्र बहादुर बस्नेत जिल्ला बन अधिकृत लगायतका सयौंले बृक्ष रोपेर अध्यक्ष धितालको जन्मोत्सव मनाउन साथ दिएका थिए।

