जिल्ला प्रशासनको अतिरिक्त समय हट्यो

Nepal Cover
१५ मंसिर २०८२, आईतवार
image

तनहुँ। जिल्ला प्रशासन कार्यालयले अतिरिक्त समय हटाएको छ । राष्ट्रिय परिचयपत्रको चापका कारण बिहान ८ बजेदेखि सेवा दिँदै आएकामा सेवाग्राहीको चाप घटेपछि अब नियमित समयमै सेवा प्रवाह गर्ने भएको हो । 

कार्यालयले बिहान ८ः०० देखि साँझ ६ः०० बजेसम्म सेवा दिँदै आएकामा नियमित कार्यालय समयमा सेवा प्रवाह गर्दा सहज रूपमा सेवा प्रवाह हुने अवस्था रहेकाले आइतबारदेखि बिहान १०ः०० देखि ४ः०० बजेसम्म नै सेवा सञ्चालन हुने कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले बताए।

जेनजी प्रदर्शनपश्चात् राष्ट्रिय परिचयपत्र सेवा लामो समय अवरुद्ध रहेको थियो। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट केही समयपश्चात् आवश्यक सामग्री उपलब्ध गराएपछि सेवा प्रवाह भइरहेको छ।