अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको सामान बरामद

  Sampatti News

October 8, 2020

मोरङ । विराटनगर महानगरपालिका–१५ स्थित सडक छेउमा वेवारिसे अवस्थामा रहेको करिब १ लाख २६ हजार २ सय रुपैयाँ मूल्य बराबरको जुत्ता, कपडा तथा किरानाका सामानहरु मंगलबार प्रहरीले बरामद गरेको छ । भारतबाट अवैध रूपमा भन्सार छलि ल्याएर बोरामा राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त सामानहरु फेला पारी बरामद गरेको हो ।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका१४ स्थित हनुमान मन्दिर नजिकबाट अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको करिब १ लाख ८ हजार रुपैयाँ मूल्य बराबरको ९० किलो जिरा र ६० किलो काजु बुधबार बिहान प्रहरीले बरामद गरेको छ । भारतबाट अवैध रूपमा भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उक्त जिरा र काजु जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारवाहीका लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति:October 8, 2020