रास्वपा र विवेकशीलबीच आज एकता घोषणा

Nepal Cover
१५ मंसिर २०८२, आईतवार
image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

रवि लामिछाने सभापति रहेको रास्वपा र समीक्षा बास्कोटा अध्यक्ष रहेको विवेकशील साझाबीच एकता गर्ने केही दिनअघि सहमति भएको थियो।

विवेकशील साझाले केन्द्रीय समिति बैठकबाटै पार्टी एकता प्रस्ताव अनुमोदन गरेको थियो। त्यसअघि दुवै पार्टीले कार्यदल नै बनाएर एकता प्रक्रियाका लागि छलफल गरेका थिए।

विवेकशील साझाका नेता मिलन पाण्डे भने यो एकतामा सामेल नहुने भएका छन्। नाम र चुनाव चिह्न रास्वपा कै रहने गरी विवेकशील साझा एकताका लागि तयार भएको थियो।