पार्टी कार्यालयमा कर्ण थापामाथि दुर्व्यवहार

Nepal Cover
१५ मंसिर २०८२, आईतवार
image

काठमाडौँ । एमाले पार्टी कार्यालयमा नेता कर्ण थापामाथि दुर्व्यवहार भएको छ।११औँ महाधिवेशनको लोगो सार्वजनिक गर्न अध्यक्ष केपी ओलीसहितका नेता पार्टी कार्यालय च्यासलमा पुगेका बेला थापामा दुर्व्यवहार भएको हो।

पार्टी कार्यालयको प्यासेजमा हिँडिरहेका थापालाई धकेलेर ओलीका लागि बाटो क्लिएर गरिएको हो। आफूलाई धकेलेर हिँडिरहेको ठाउँबाट पन्छाएपछि थापाले ‘के गरेको’ भन्दै आपत्ति जनाएका हुन्।

आसन्न ११औँ महाधिवेशनमा थापा ईश्वर पोखरेलको पक्षमा उभिएका छन्। पोखरेलको पक्षमा लागेका थापालाई ओली पक्षका कार्यकर्ताले दुव्र्यवाहर गरेका हुन्।