प्रमुख प्रशासकीय अधिकृत र उपाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Nepal Cover
१६ मंसिर २०८२, सोमबार
image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको नरहरिनाथ गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनसोभा बुढासहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सोमबार आयोगले कालिकोटका तत्कालीन उपाध्यक्ष मनसोभा बुढा, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, वडा नं. ७ का तत्कालीन वडा अध्यक्ष दल बहादुर विश्वकर्मासहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरूमाथि गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।