ललितपुर महानगरपालिकाका प्रमुख महर्जन संक्रमणमुक्त

  Sampatti News

October 8, 2020

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना संक्रमणमुक्त भएका छन् । बुधबार दिउँसो चार बजे उनको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ । उनका स्वकीय सचिव इन्द्र बज्राचार्यले मेयर कोरोना मुक्ता भएको जनाकारी दिँदै भने ‘मेयर सापको नतिजा नेगेटिभ आयो । अब उहाँ छिट्टै महानगरपालिका कार्यालयमा उपस्थित हुनुहुनेछ ।’

असोज ८ गते ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा शुक्रबार मेमा कोरोना पोजेटिभ देखिएको थियो । असोज ९ देखि १५ गतेसम्म निजी निवासमा रहेका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना भएका थिए ।

प्रकाशित मिति:October 8, 2020