काठमाडौं। काठमाडौं सप्तरी सम्पर्क मंचको कार्यक्रमलाई सम्बोधन गर्दै उर्जा मन्त्री कुलमान घिसिङले मधेसका साथीहरू चुनावी अभियानमा जुटनोस अबको चुनाबबाट आउने परिमाणले नै मधेसी जनताको भाग्य र भबिष्यको निर्धारण हुने भएकाले आउदै गरेको चुनाब उज्यालो नेपालको पक्ष ल्याउन लागी पर्न आग्रह गरे।
आजैदेखि लाग्नोस उल्लेखनीय परिणाम ल्याउनुहोस त्यसैको जगमा पुरा देश नै उज्यालो हुन्छ भन्दै मधेसको बिकासले फड्को मार्नको निम्ति पनि चुनावी परिणाम उज्यालो नेपालको पक्षमा जानुपर्ने उहाको भनाइ थियो।
कार्यक्रममा मन्त्री घिसिङले भने काम नगर्ने निर्माण व्यावसायी र कर्मचारी सबैलाई कार्वाही हुन्छ।
आफू विद्युत प्राधिकरणमा रहदा मधेसको विद्युतको अवस्था नाजुक थियो।
बिपन्न परिवारले मिटर नै पाउदैन्थ्यो आफनै पहलमा मिटर खरिद गर्न नसक्ने परिवार लाई निशुल्क बितरण गरिएको समेत बताए।अबक दिनमा मधेसले गुणस्तर विद्युत प्राप्त गर्नेछ् भन्दै खेत खेतमा बत्ति पुर्याएर सिचाइमा योगदान पुर्याउने काम बाकी रहेकोमा अब त्यो किसानको सपना पूरा हुने कार्यक्रममा सहभागिता जनाउनेहरु बीच धारणा राखे।त्यसैगरि मन्त्री घिसिङले भने , जलस्रोतको राम्रो सग ब्यबस्थापन गर्न सकेन भने त्यसले बिनास ल्याउछ भन्दै त्यसैलाई राम्रो ब्यस्थापन गरे समृद्धि ल्याउछ अब हामी त्यतातिर लागेको समेत बताए।अब चाडैं नै जलस्रोतको सहि ब्यबस्थापन यही सरकारले गर्नेतर्फ पनि उहाको जोड थियो।
सहभागीलाई ध्यानाकर्षण गराउदै मन्त्री घिसिङले भने देशले सहि नेतृत्व खेजेको छ। अब सबैको अर्जुन दृष्टि त्यतातिर केन्द्रित हुनेपर्नेभएकाले हामी त्यतातिर लाग्नुपर्छ उहाको जोड थियो।कार्यक्रममा सहभागीलाई सम्बोधन गर्दै बिशिस्ट अतिथि उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप उपाध्यायले उज्यालो नेपाल पार्टी देश नै उज्यालो गर्न आएको कारण जनताको हित गर्न जनता बीच नै आएको बताए। कार्यक्रममा केन्द्रिय सदस्य डाक्टर तारा जोशी,जितमान तामाङ ,तेज नारायण यादव ,लगायतका नेताहरूले उज्यालो नेपाल पार्टीका एजेन्डाका बारेमा जमेर धारणा राखे।
काठमाडौ बानेश्वरमा भएको भेलाले सप्तरी काठमाडौ मंच संचालन गर्नेगरी डाक्टर दिपक चौधरी संयोजक रहने गरि नौ जनाको सम्पर्क मंच समेत गठन गरेको छ।जसमा प्रकाश मेहेता,बेदानन्द साह,हर्कनारायण चौधरी ,गजेन्द्र राउत ,चन्दाकुमारी चौधरी ,देबि कुमारी चौधरी ,इन्द्रकुमार चौधरी नागेन्द्रप्रसाद चौधरी रहेको
नवगठित समितिलाई प्रमुख अतिथि मन्त्री घिसिङ र पार्टी अध्यक्ष उपाध्यायले बधाई दिएका थिए।
कार्यक्रम डाक्टर चौधरीको अध्यक्षतामा भएको थियो।
