सुनको मूल्य तोलामा दुई हजारले घट्यो

Nepal Cover
४ पुष २०८२, शुक्रबार
image

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५८ हजार ४०० रुपैयाँ कायम छ । छापावाल सुन बिहीबार (पुस ३) प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार पाँच रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।