मिराज ढुंगानाको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

Nepal Cover
७ पुष २०८२, सोमबार
image

काठमाडौँ । मिराज ढुङ्गाना नेतृत्वको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे छ । सो क्रममा निकोलस भुसालसहित दर्जन बढी युवालाई नियन्त्रणमा लिइएको छ । माइतीघरमा ढुङ्गाना नेतृत्वको जेनजी समूहले प्रदर्शन गरेकाे थियाे । साे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे गरेकाे हाे ।

 काठमाडौँ प्रशासनले माइतीघरमा सो समूहलाई प्रदर्शन गर्न अनुमति दिएको थिएन । जेनजी समूहले स्थानीय प्रशासनको अनुमति अवज्ञा गरेर प्रदर्शन गरेपछि भुसाल लगायत पक्राउ परेकाे  प्रहरीले जनाएकाे छ । आज सो समूहले देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको छ ।