सेयर बजारसँगै कारोबार रकम पनि घट्यो

Nepal Cover
७ पुष २०८२, सोमबार
image

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १३.८८ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २५८१ अंकमा झरेको छ ।

आज दिनभरजसो बजार रातो रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५१ करोडको भयो । जम्मा ५४ कम्पनीको मूल्य बढ्दा २ सयको घट्यो भने ५ को स्थिर रह्यो । व्यापारबाहेक सबै समूहका सूचक घटेका छन् ।

यस दिन एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ६८ रुपैयाँ ४० पैसा बढेर ७५३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको हो। त्यस्तै, यस दिन १०.२५ प्रतिशत सिटिजन्स बैंक डिबेञ्चर २०८६ को मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य करिब ६ प्रतिशत बढेको छ। कारोबारमा आएको मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ६.८४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन लुम्बिनी विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १० करोड ३० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन सन नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम ७ करोड रुपैयाँ नाघेको छ।