काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथै लिएर महाराजगञ्ज पुगेका हुन् । भेटमा देउवा पत्नी आरजु राणा देउवा पनि सामेल छिन् ।
११औं महाधिवेशनबाट अध्यक्षमा भारी मतले विजयी भएपछि ओली देउवालाई भेट्न आज उनको निवासमा पुगेका हुन् । यसअघि पनि ओली दम्पत्तिले देउवा दम्पत्तिसँग भेट गरेको थियो ।
कांग्रेस र एमालेले संसद् पुनःस्थापनाको माग गर्दै बहुमत सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् । आजमात्रै उनीहरु पूरक रिट निवेदन लिएर अदालत जाने तयारीछ छ । यही अवस्थामा देउवा दम्पत्तिलाई भेट्न ओली आज उनको निवासमा पुगेका हुन् ।