काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यो नै हालसम्मको उच्च मूल्य हो ।
यस अघि हिजाे अर्थात मंगलबार सुनकाे मूल्यले रेकर्ड बनाएकाे थियाे । साे दिन सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै आज सुनको मूल्यले नयाँ उचाई बनाएको हो । पछिल्ला दिन सुन र चाँदीको मूल्य दैनिक नयाँ रेकर्ड बनाउदै निरन्तर बढेको छ ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १६५ रुपैयाँले बढेर तोलामा ४ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला ४ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।