प्रधानमन्त्रीको राजीनामा माग्दै अनसन बसे डा निकोलस

Nepal Cover
९ पुष २०८२, बुधबार
image

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै डा निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै उनले गएराति १० बजेदेखि माइतीघरमा अनसन सुरु गरेका हुन् । जेनजी अभियन्ता अजय सोडारीले भुसालले माइतीघरमा सनसन सुरु गरेको जानकारी दिए ।

जेनजीको मिराज ढुंगाना नेतृत्वको समूहले वर्तमान सरकारले जेनजी आन्दोलनको भावनाअनुसार काम नगरेको भन्दै आन्दोलन गरिरहेको बेला भुसालले पनि आमरण अनसन थालेका हुन् ।