बालेन र रविबीचको ‘वान टू वान’ वार्ता सकियो

Nepal Cover
१० पुष २०८२, बिहीबार
image

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच ललितपुरको ज्वागलमा भएको भेटवार्ता भर्खरै सकिएको छ ।

वार्ता भर्खरै सकिएको हो भने, दुई नेताबीचको कुराकानीबारे विस्तृत जानकारी आउन बाँकी छ।

यसअघि सोमबार राति पनि रवि र बालेनबीच लामो समय छलफल चलेको थियो । रास्वपा नेता शाहको कमलपोखरीस्थित घरमा भएको छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले गर्ने प्रस्ताव रविले राखेका समाचार सार्वजनिक भएका थिए ।

बालेनले आजै बिहान पनि ऊर्जामन्त्री कुलमान घिसिङलगायतका व्यक्तिसँग छलफल गरेका थिए ।