शिक्षामा लगानी बढाउन आवश्यकः प्रधानमन्त्री कार्की

Nepal Cover
१० पुष २०८२, बिहीबार
image

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकाङ्क्षा जेनजी आन्दोलनबाट थप मुखरित भएको बताउनुभएको छ। 

दशरथ रंगशालामा बिहीबार त्रिभुवन विश्व विद्यालयको ५१औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै काठमाडौँ विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री कार्कीले हाल विश्वभर नै उच्च शिक्षामा अकल्पनीय परिवर्तन आइरहेको बताउनुभयो।

उहाँले नेपालमा शिक्षामा लगानी बढाउनुपर्ने र विश्वविद्यालयमा भइरहेको दलीय राजनीतिकरणको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबैको प्रयास आवश्यक रहेको पनि बताउनुभएकाे छ।

प्रधानमन्त्री कार्कीले शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा निरन्तर असफल भइरहेको समेत बताउनुभयो । प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता बाेध भए अनुसार यसकाे बारेमा परामर्श र गृहकार्य भइरहेको पनि उहाँकाे भनाइ छ।

प्रधानमन्त्री कार्कीले उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो।