काठमाडौ । जन्मदिनलाई सत्कर्ममा जोडौ अभियान अन्तर्गतको बृक्ष रोपण कार्यक्रममा जोडिएर नेपाल सरकारका गृह सचिब रामेश्वर दंगालले पशुपतिनाथको भण्डारखालमा कपुरको बृक्ष रोपेर कार्यक्रमको शुभारम्भ गर्नुभएको कार्यक्रम तराई बिकास तथा संचार केन्द्र नेपालले आयोजना गरेको थियो। आजको सत्कर्ममा जोडियौ कार्यक्रममा नेपाल सरकारका गृहसचिब रामेश्वर दङ्गालको प्रमुख आतिथ्यतामा भएको थियो। त्यस पबित्र स्थानमा गृह सचिब दंगालले कपुरको बृक्ष रोपेर अभियानलाई एक्यवद्धता जनाउदै जन्मदिन पर्ने हरेक नागरिकले बृक्ष रोप्दै जाने हो भने पर्यावरणीय क्षेत्रमा देखिएका चुनौतीलाई न्यूनीकरण गर्न धेरै प्रतीक्षा गर्नु नपर्ने बताउनुभएको थियो।पशुपतिनाथ क्षेत्रमा आयोजना गरिएको कार्यक्रम लाई सम्बोधन गर्दै गृहसचिब दंगालले सत्कर्मको काम स्वयं आफै बाट थालनी गर्नुपर्ने बताउदै यस्ता अभियान देशैभर चल्नुपर्छ भन्दै सबैलाई जोडिन आग्रह समेत गर्नुभएको छ।कार्यक्रममा अभियानका राष्ट्रिय संयोजक गोबिन्दप्रसाद चौलागाईंले सहभागी सबैलाई धन्यवाद दिदै गृह प्रशासन मार्फत सुशासनको प्रत्याभूत गराउन दिनरात खटिरहनुभएका गृह सचिब दंगालले पछिल्ला दिनमा सम्पादन गरेका काम ऎतिहासिक रहेको बताए।
कार्यक्रममा राष्ट्रिय चर्चित गायक थानेश्वर गौतम ,नवीन कार्की गितकार प्रभा बर्तौला,नेपाल समाचारपत्रका प्रधान सम्पादक सागर पण्डित ,प्रभाव दैनिकका सम्पादक / प्रकाशक कृष्ण कार्की वरिष्ठ समाजसेवी लक्ष्मिनारायण चौधरी राष्ट्रसेवक कर्मचारी सिन्धुपाल्चोक जिल्लाका यो अभियानका जिल्ला संयोजक नेत्रबहादुर बस्नेत ,जेनजी युवा प्रतिनिधि लगायतका उच्च ब्याक्तित्वको बाक्लो उपस्थिति रहेको कार्यक्रम बीच गायक थानेश्वर गौतमले आफ्नो गायन प्रस्तुत गर्दै आजको जन्मदिनलाई सत्कर्ममा जोडौ अभियान अन्तर्गतको बृक्ष रोपण कार्यक्रम लाई थप रोचक बनाउनु भएको थियो।
आजको जन्मोत्सवको कार्यक्रमा रौतहट निवासी समाजसेवी प्रमोद चौधरीले आफ्नो जन्मोत्सव बिरुवा रोपेर मनाएका थिए।
रौतहटबाट नै पहिलोपटक अभियानको रूपमा सुरुवात यो अभियानलाई एक्यवद्धता जनाउदै नेपाल सरकारका गृह सचिब दङ्गालले कपुर रोपेर कार्यक्रमको शुभारम्भ गरेका यो कार्यक्रम बाट देशभरका जिल्लामा अभियान संचालनमा थप सहज बन्ने सहभागीहरूले बताएका छ्न्।
