समाजसेवी पवनकुमार अग्रवाल सम्मानित

  Sampatti News

October 8, 2020

काठमाडौ । लकडाउनका बेला अलपत्र परेका तथा आर्थिक अबस्था कमजोर भएका सर्बसाधरणलाई बिहान बिलुका तीन-तीन सयका दरले झण्डै तीन महिना खाना खुवाउन सहयोग र चार हजार जनालाई खाद्यान्न सहयोग गर्ने कुलेश्वर निवासी पवनकुमार अग्रवाललाई काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र बाणिज्य आपूर्ति उपभोक्ता हकहित संरक्षण बिभागका महानिर्देशक नेत्र प्रसाद सुबेदीले सयुक्त रूपमा सम्मान गर्नुभएकाे छ ।

तराई बिकास तथा संचार केन्द्र नेपालद्वारा संचालित संचार केन्द्रले आयोजना गरेको कार्यक्रममा अग्रवाललाई सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी दाहालले भन्नुभयो “समाजमा सरकारलाई अप्रत्यक्ष रूपमा सहयोग पुग्ने यस्ता नमुना समाजसेबिका कर्मले अरुलाइ पनि सन्देश छोडेको आफुले महसुस गरेको छु।” आज सच्चा मानवीयसेवा गर्नेहरुको खोजी भैरहेको बेला एउटा दृष्टिबिहिन भएपनि मनका उज्ज्याला अग्रवाल हामी सबैका प्रेरणादायी ब्याक्तित्वलाई आज दृष्टिबिहिनहरुको दिवस मनाउने दिनमा सम्मान गर्न पाउदा खुसी लागेको बताउनु भएको थियो। दसैं बजार र सुशासन बिषयक आयोजित कार्यक्रममा बाणिज्य आपूर्ति उपभोक्ता हित संरक्षण बिभागका महानिर्देशक सुवेदी समाजका उदाहरणीय ब्याक्तित्व भएको बताउनु भयो। कार्यक्रममा औषधि ब्यबस्था बिभागका महानिर्देशक नारायणप्रसाद ढकालले बजारको सुशासनको चर्चा गर्दै आफ्नो ब्यबसाय गर्दै यस्तो सामाजीककाम गर्नेलाई मनै देखी सम्मान छ भन्नुभयो । कार्यक्रममा काठमाडौं प्रहरी परिषरका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक श्यामलाल ज्ञवाली उपत्यका अपराध अनुसन्धान प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक दिपक थापा,उपत्यका ट्राफिक महाशाखा प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक भिम प्रसाद ढकाल , खाद्य ,नेपाल आयल निगम ,साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुखहरू र बाणिज्य बिभागका निर्देशकहरु संचारकर्मिहरु सहित सबैको उपस्थितमा समाजसेवी अग्रवाल लाई उहाँ स्वास्थका कारण उपस्थित हुन नसक्दा उहाँका छोरा मुडित अग्रवाल मार्फत सामान पत्र सहित सम्मानित गरिएको थियो। कार्यक्रम संचार केन्द्रका अध्यक्ष गोबिन्द प्रसाद चौलागाईंको अध्यक्षता भएको थियो।

प्रकाशित मिति:October 8, 2020