सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा एक जनाको मृत्यु

Nepal Cover
१७ पुष २०८२, बिहीबार
image

विराटनगर । सुनसरीमा सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । प्रदर्शनकारीले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनीसमेत गरेका छन् ।

गएराति करिब १ बजे कोशी गाउँपालकिा १ पुरी टोलमा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी टोलीले गोली चलाएको थियो । सो क्रममा सिटी सफारी सफारी चालक साहको मृत्यु भएपछि विरोधमा उत्रिएका स्थानीयले सशस्त्र प्रहरी बिटमा आगजनी गरेका छन् । भीड तितरबितर पार्न सुरक्षाकर्मीले हवाईफायर समेत गरेको छ ।

सिटी सफारीमा राति तस्करीको समान ल्याइँदै गरेको अवस्थामा रोक्न खोज्दा उल्टै सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि गोली चलाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काले गोली लागेर साहको मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । साहको मृत्युपछि स्थानीयवासीले शव उठाउन समेत दिएका छैनन् । उनीहरूले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।