रिलायन्स स्पिनिङ मिल्सको आइपिओ बाँडफाँट

Nepal Cover
१८ पुष २०८२, शुक्रबार
image

काठमाडौँ । पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो। गोला प्रथा प्रक्रियामार्फत भएको बाँडफाँटमा १८ हजार ४९५ जना आवेदकले ५० कित्ताका दरले सेयर पाएका छन्।

बाँकी रहेको १८ कित्ता सेयर थप एक कित्ताका दरले बाँडफाँट गर्दा १८ जनाले ५१ कित्ताका दरले कम्पनीको सेयर पाएका हुन्।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यसमा ५ लाख ३२ हजार ८८८ जनाले २ करोड ७२ लाख १५ हजार १०० कित्ता सेयरका लागि आवेदन दिएका थिए।

जसमध्ये ५ लाख १९ हजार ४६ आवेदन स्वीकृत भएका छन् भने १३ हजार ८४२ आवेदन रद्द भएका छन्। कम्पनीले गत पुस ७ गतेदेखि ११ गतेसम्म उक्त आइपिओ बिक्री गरेको थियो।

कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याएको सेयरमा ५७ हजार ७९८ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको थियो।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।