सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

Nepal Cover
१८ पुष २०८२, शुक्रबार
image

काठमाडौँ । पुस १८ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । सुनको मूल्य आज एकै दिन प्रतितोला दुई हजार ९०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले बढेको हो।

बिहीबार सुनको मूल्य तोलामा दुई लाख ५९ हजार ६ सय रुपैयाँमा कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले बढेको छ। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । बिहीबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा खरिद–बिक्री भएको थियाे ।