नेकपा एक्लै चुनावमा जान्छ – प्रचण्ड

Nepal Cover
२३ पुष २०८२, बुधबार
image

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नहुने बताएका छन्।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कांग्रेस, एमाले र नेकपाबिच भएको तालमेल प्रयास असफल भएको छ। सिट बाँडफाँटमा सहमति हुन नसकेपछि नेकपाले गठबन्धनबाट अलग भएर एकल उम्मेदवारी दिने तयारी थालेको छ।

नेकपाले मतभारका आधारमा चार सिट माग गरे पनि कांग्रेस र एमालेले त्यसलाई स्वीकार नगरेपछि कुरा बिग्रिएको हो। कांग्रेस र एमाले भने जनता समाजवादी पार्टीसँग मिलेर चुनावी तालमेल गर्ने सहमतिमा पुगेका छन्।

नेताहरूका अनुसार उम्मेदवारी दिइए पनि राजनीतिक संवाद र सहमतिका ढोका भने खुला नै राखिएको छ।