काठमाडाैं । नेपाली कांग्रेसको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन माग गरेका प्रतिनिधिहरूको मतको सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई अपिल गरेका छन् ।
नेपाली कांग्रेसको संस्थापन समूहका २५ केन्द्रीय सदस्यहरूले पार्टीको संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालासँग भेट गरेका छन् ।
केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापासँग भेट गरेका उनीहरूले मंगलबार कोइरालासँग भेट गरेका हुन् ।
पार्टीमा देखिएको विशेष महाधिवेशन र नियमिति महाधिवेशनको पक्षबीचको विवाद समाधान गर्नको लागि कोइरालासँग भेट गरेको नेता आङ्गेलु शेर्पाले जानकारी दिए । नेताहरूलाई भेटेर विवादको समाधानको मोडालिटीबारेमा छलफल भएको उनले जानकारी दिए ।