नेपाल एयरलाइन्सको महाप्रवन्धकमा प्रकाश नियुक्त

  Sampatti News

October 9, 2020

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को महाप्रवन्धकमा डिमप्रकाश पौडेल (प्रकाश) नियुक्त भएका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले निगम सञ्चालक समिति सदस्य समेत रहेका पौडेललाई महाप्रवन्धक नियुक्त गरेको हो ।

उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई तत्कालीन एमालेको प्रचार विभाग प्रमुख भएका बेला पौडेल सदस्य थिए । यसर्थमा उनी नेकपाका कार्यकर्ता तथा नेकपा निकट व्यक्ति हुन् ।

यस्तै लुम्बिनी विकास कोषका सदस्य सचिव समेत नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

प्रकाशित मिति:October 9, 2020