बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

Nepal Cover
२८ पुष २०८२, सोमबार
image

बैतडी । बैतडीको पाटन नगरपालिका-८ साणिघाटिमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन ।  बैतडीको सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेर जिप सोमबार बिहान साढे १० बजेतिर जय पृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाटी नजिक दुर्घटनामा परेको हो । 

पाटन नगरपालिका-८ का वडाध्यक्ष हरिस बिस्टका अनुसार ३ जनाको मृत्यु भएको र ६ जना घाइतेको उद्धार गरिएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ ।

घाइते सबैलाई डडेल्धुरा अस्पताल पठाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताएका छन ।