October 9, 2020
काठमाडौँ । सरकारले ३५ वटा मेडिकल संस्था खारेज गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३५ मेडिकल संस्थालाई धरौटी नबुझाएको भन्दै खारेज गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर रायले असोज २० गते मन्त्री स्तरीय बैठकले कानुन बमोजिमको निर्धारित समयभित्र नपुग धरौटी बापतको रकम नबुझाएको र पेस गरेको सफाइ समेत सन्तोषजनक नभएको देखिएको भन्दै खारेज गरेको बताए ।
स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त गरेको मेडिकल संस्थाले श्रम मन्त्रालयमा धरौटी राखेर सूचीकरण भएपछि मात्रै वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न पाउनेछ । वैदेशिक रोजगार ऐन संशोधन भएपछि मेडिकल संस्थाले धरौटी बापत ५ लाख रुपैयाँ राख्नुपर्छ । त्यसअघि दुई लाख रुपैयाँ थियो । वैदेशिक रोजगार नियमावली संशोधन भएपछि तीन महिनाभित्र नपुग धरौटी राख्नका लागि मन्त्रालयले सूचना जारी गरेको थियो ।
प्रकाशित मिति:October 9, 2020
November 24, 2024