सुनको मूल्य तोलामा ४१०० रुपैयाँले बढ्यो, तोलाको कति ? 

Nepal Cover
२८ पुष २०८२, सोमबार
image

काठमाडौँ । स्थानीय बजारमा सोमवार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ४ हजार १ सय रुपैयाँले बढेर आज  २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा चाँदी २०५ रुपैयाँले बढेर आज तोलामा ५ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने चाँदी तोलामा ४ हजार ९९० रुपैयाँमा कायम भएको थियो ।