गगनले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा के छ ? (पूर्णपाठ)

Nepal Cover
२८ पुष २०८२, सोमबार
image

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा महामन्त्री गगन कुमार थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन् ।

भृकुटीमण्डपमा अहिले बन्दसत्र जारी छ । केहीबेर अघिमात्रै अर्का महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।

लगत्तै थापाले राजनीतिक प्रस्ताव पेश गरेका हुन् । महामन्त्रीद्वयले विशेष अवस्थामा महाधिवेशन गर्न परेको तर्क गरेका छन् ।

विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा कांग्रेसले विगतमा गरेका गल्तीप्रति आत्मालोचित भएको उल्लेख गरेका छन्।

प्रतिवेदनमा लेखिएको छ, ‘कांग्रेसले लिन नसक्ने पहल र निर्णयका कारण सिर्जना भएका राजनीतिक संकटप्रति हामी गम्भीर आत्मसमिक्षा तथा आत्मलोचना गर्दै क्षमा याचना गर्छौं ।’