समानुपातिकको बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिन ५४ जनाले दिए निवेदन

Nepal Cover
२८ पुष २०८२, सोमबार
image

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्दसूचीबाट ५४ जनाले नाम फिर्ताका लागि निवेदन दिएका छन् ।

यो सूची सोमबार दिउँसो सवा ३ बजेसम्मको हो । निर्वाचन आयोगले सोमबार समानुपातिकतर्फका उम्मेदवारले आफ्नो नाम फिर्ता लिने समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तोकेको छ । सोही अनुसार सोमबार दिउँसो सवा ३ बजेसम्म विभिन्न पार्टीका ५० जना उम्मेदवारहरूले आफ्नो नाम फिर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

उम्मेदवारी फिर्ता लिन निवेदन दिनेमा नेकपा एमालेका ३ जना रहेका छन् । एमालेका खसआर्य तर्फ नाम राखेका ठाकुर प्रसाद शर्मा, मधेसी महिलातर्फ अंशु सिंह, आदिवासी जनजातीतर्फ विजयसिंह लामाले नाम फिर्ताका लागि निवेदन दिएका हुन् ।

त्यस्तै जनमत पार्टीका २० जनाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् ।