गगन थापाले गरे सभापतिको उम्मेदवारी घोषणा

Nepal Cover
१ माघ २०८२, बुधबार
image

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् । जारी विशेष महाधिवेशनमा सभापतिका लागि उनको मात्र उम्मेदवारी परेको छ । 

भृकुटीमण्डपमा सुरु भएको दोस्रो विशेष महाधिवेशनले वर्तमान कार्यसमिति भंगी गरी नयाँ कार्यसमिति चयन प्रक्रिया थालेको छ । मंगलबार नै उम्मेदवारी दर्ताको कार्यतालिका आए पनि संस्थापनपक्षसँग सहमतिका लागि समय पटकपटक साएिको थियो । तर, बुधबार महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग गरेको निर्णायक वार्तामा सहमति नभएपछि विशेष महाधिवेशनमा थापाले उम्मेदवारी दर्ता गरे । 

थापाको उम्मेदवारी दर्तासँगै अब सहमतिको सम्भावना लगभग सकिएको छ । अब आधिकारिकताको विवाद हुने अवस्था बनेको छ ।