अन्ततः कांग्रेस ‘औपचारिक रुपमै’ विभाजन, गगन-विश्वसहित ३ जना ५ वर्षका लागि निलम्बन

Nepal Cover
१ माघ २०८२, बुधबार
image

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन समूहले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सह महामन्त्री फरमुल्ला मन्सुरलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको छ । यो निर्णयलाई कांग्रेस विभाजनको ‘औपचारिक’ घोषणाको रुपमा लिइएको छ । 

आज बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले भृकुटीमण्डपमा विशेष महाधिवेशनमा सहभागी भएका उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो ।

विशेष महाधिवेशनले सभापतिमा गगन थापा र दुई महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहित नयाँ पदाधिकारी चयनको प्रक्रिया अगाडि बढाएको छ । योसँगै नेपाली काँग्रेस औपचारिक रूपमा विभाजनतर्फ अघि बढेको छ ।