काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै थापाले पार्टी कसैको निजी सम्पत्ति नभएको दोहोर्याए ।
‘हामीलाई कारबाही गरिएको सुनेका छौँ । यो पार्टी कसैको प्राइभेट कम्पनी होइन,’ थापाले भने, ‘म ९ कक्षामा पढ्दादेखि नै कांग्रेस हुँ । २०४६ को आन्दोलनमा सहभागी भएँ, २०६२/०६३ को आन्दोलनको त नेतृत्व नै गरेको थिएँ । कसैले हटायौँ भन्दैमा हट्ने होइन ।’