उज्यालो नेपाल पार्टीले १६५ क्षेत्रमै उम्मेदवार दिने

Nepal Cover
२ माघ २०८२, बिहीबार
image

काठमाडौँ । उज्यालो नेपाल पार्टी (उनेपा) आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ । प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहनेहरूको लागि अनलाइन आवेदन खुला गरिएको छ।

पार्टीले अधिकांश क्षेत्रमा उम्मेदवार पाइसकेको भए पनि रामेछाप–१, रसुवा–१, धनकुटा–१, मोरङ–२, उदयपुर–२ लगायत २४ क्षेत्रमा अझै योग्य उम्मेदवार खोजी भइरहेको छ।

कोशी प्रदेशका ३ निर्वाचन क्षेत्र, मधेस प्रदेशको महोत्तरी–१, बागमतीका २ क्षेत्र, गण्डकीका ५ क्षेत्र, लुम्बिनीका ८ क्षेत्र, कर्णालीको दैलेख–२ र सुदूरपश्चिमका ५ क्षेत्रमा पार्टीले उम्मेदवार खोजी जारी राखेको छ।

अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी अन्य पार्टीसँग एकीकरण नगरी आफ्नै नीति र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अघि बढिरहेको बताएका छन्। पार्टीका केन्द्रीय सदस्य जीतराम लामाका अनुसार देशभरबाट आवेदन आउँदैछन् र उम्मेदवार छनोट प्रक्रिया निरन्तर चलिरहेको छ।