काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच चार बुँदे सहमति भएको छ।
बिहीबार नेकपा महासचिव ‘विप्लव’ र मिराज ढुंगानाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
चार बुँदे सहमतिमा सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी संघर्ष गर्ने, जेन जेड विद्रोहको मागहरू पुरा गर्न संघर्ष गर्ने, आन्दोलन र जनताको चाहना बमोजिम संविधानको संशोधन, स्थिर सरकार, भ्रष्टाचार विरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागी संघर्ष गर्ने उल्लेख छ।
दुवै पक्षले सहमतिलाई राजनीतिक निकास र परिवर्तनको साझा आधारका रूपमा अघि बढाउने जनाएका छन्।