काठमाडौं महागनर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए पदबाट राजीनामा

Nepal Cover
३ माघ २०८२, शुक्रबार
image

काठमाडौं । काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । 

उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ समक्ष राजीनामा पत्र बुझाए पनि स्वीकृत हुन बाँकी रहेको छ । 

पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो कार्यअवधिमा महानगरमा शहरी सुशासन कायम गर्न तथा अतिक्रमिक जग्गा सरकारको स्वामित्वमा लिन महत्वपूर्ण उपलब्धि प्राप्त गरेको दाबी गरेका छन् । 

उनले काठमाडौंका सडकपेटी तथा अतिक्रमित सयौं विगा जग्गा सरकारको नाममा ल्याउन सफल भएको बताएका छन्। उनले माघ ४ गतेपछि आफ्नो अगामी यात्राको बारेमा जानकारी गराउने बताएका छन् । सबैसँग सल्लाह गरेर नै अगाडि बढ्ने उनको भनाइ छ । 

उनले भने, ‘माघ ४ गतेदेखि लागू हुनेगरी मैले आफ्नो महानगर प्रहरी प्रमुख पदबाट रानीनामा दिएको छु । हामीले काठमाडौं क्षेत्रमा विपद्को बेलामा काम गरेका थियौँ । त्यस्तै सडक पेटीका अतिक्रमण, सार्वजनिक जग्गाको सयौं विगा जग्गा महानगर प्रहरीले सरकारको स्वामित्वमा ल्याएको छ । शहरी सुशासनको काममा हामीले निर्मम तरिकाले काम गर्यौंं । शहरी सुशासनको लागि नागरिक पनि अनुशासित हुनुपर्छ भन्ने किसिमले हामीले बुझाउने काम पनि ग¥यौैं । यो साढे ३ वर्षको अवधिमा हामीले नागरिकलाई सचेत गराउने हिसावले धेरै कार्यक्रम समेत सञ्चालन ग¥यौं ।’

उनले काठमाडौं महानगरको सुधार र शहरी सुशासनका लागि सहयोग गर्ने सबैप्रति आभार पनि व्यक्त गरेका छन् ।