काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन

Nepal Cover
५ माघ २०८२, आईतवार
image

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज मेयर पदबाट राजीनामा दिने भएका छन्। उनले आजै राजीनामा दिने र दिउँसो २ बजे रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने कार्यक्रम तय भएको छ। 

राजीनामा दिएपछि मेयर शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न अघि बढ्नेछन्। निर्वाचन आयोगले मनोनयन दर्ता माघ ६ गते तोकेको छ।

राजीनामा पछि बालेन शाह भोलि पार्टी सभापति रवि लामिछानेसँगै जनकपुर जाने कार्यक्रम तय गरिएको छ। त्यहाँ रास्वपा मधेस प्रदेश कमिटीले विस्तारित भेला राखेको छ, जसमा प्रदेश र आठवटै जिल्ला समितिका पदाधिकारी र सभापतिहरू सहभागी हुनेछन्।

सभामा बालेन शाहको पुर्ख्यौली घर महोत्तरीको एकडारा गाउँपालिकामा रहेको स्थानमा सानो कार्यक्रम र स्थानीय नेतासँग छलफलको तयारी पनि रहेको छ।