काठमाडौं ५ बाट ईश्वर पोखरेल चुनाव लड्ने

Nepal Cover
६ माघ २०८२, सोमबार
image

काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौँ क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने भएका छन्। उनको टिकट सोमबार टुंगो लागेको एमालेका एक सचिवालय सदस्यले जानकारी दिए।

नेता पोखरेलले सबैसँगको सल्लाहमा आफू उम्मेदवार बन्ने निष्कर्षमा पुगेको बताए। ‘पार्टीका सबैसँग सल्लाह भयो, पार्टी नेतृत्व पङ्तिबाट पनि चुनाव उठ्न नै सुझाव आयो, त्यसअनुसार म चुनाव उठ्ने भएँ,’ उनले भने।