कांग्रेसले माघ १६ गते जनकपुरधाममा तय गरेको मधेशको चुनावी सभा स्थगित

Nepal Cover
१२ माघ २०८२, आईतवार
image

काठमाडौँ। नेपाली काँग्रेसले यही माघ १६ गते जनकपुरधाममा तय गरेको मधेशको चुनावी सभा स्थगित भएको छ ।

निर्वाचन आयोगको निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रम स्थगित गरिएको मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।

आगामी मिति र कार्यक्रम तालिका परिस्थितिअनुसार पछि सार्वजनिक गरिने छ । नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी व्यवस्थाप्रति प्रतिबद्ध रहँदै आएकाे छ ।